BBC News, नेपाली - होमपेज
मुख्य समाचार
गाजामा ट्रम्पको १५ बुँदे योजना इजरेलले अस्वीकार गरेको नेतन्याहूको भनाइ
इजरेलले अस्वीकार गरेसँगै ट्रम्पले गत वर्षको सेप्टेम्बरमा अघि सारेको १५ बुँदे गाजा शान्ति योजनामा अर्को धक्का पुग्ने सङ्केत देखिएको छ।
रोहिन्ज्यासहित शरणार्थीका गतिविधि 'नियाल्दै' सरकार, तर पुराना प्रश्न कायमै
नेपालमा झन्डै २० हजार शरणार्थीहरूको बसोबास रहेको तथ्याङ्क छ। सरकारले भुटानी र तिब्बती शरणार्थीबाहेक अरूलाई गैरकानुनी आप्रवासी ठान्ने गरेको छ र उनीहरूका गतिविधि सुरक्षा निकायले निगरानी गर्ने गरेको बताउँदै आएको छ।
होर्मुज जलमार्गबारे इरान- ओमान वार्तामा 'प्रगति,' तर मार्ग खोल्न अमेरिकासामु इरानका सर्तै सर्त
होर्मुज जलमार्गमा पानीजहाज आवतजावतको मार्ग व्यवस्थापनबारे इरान-ओमान वार्ता रचनात्मक रहेको दुवै देशले बताएका छन्।
दोलखाको हिमालमा ९ महिनापछि पाँच जनाको शव फेला, प्रतिकूल मौसमबीच किन गरियो सङ्कलन?
गत वर्षको कात्तिकमा दोलखाको यालुङ री हिमालमा हिमपहिरोमा हराएका पाँच जना आरोही तथा शेर्पा गाइडको शव फेरि हराउन सक्ने भयका कारण प्रतिकूल मौसमबीच सङ्कलन गरिएको आरोही तथा अधिकारीहरूले बताएका छन्।
विश्वका '२३१ देश' पुगे नेपाली, किन र कसरी गए?
सरकारको हालसालै सार्वजनिक गरेको एउटा विवरणले नेपालीहरू विश्वको कुन कुन कुनासम्म पुगेका छन् भन्ने रोचक तस्बिर देखाएको छ। नेपालीहरू नामै नसुनिएका देशसम्म कसरी र किन पुग्छन्?
गोरखा भर्तीबारे नेपालसँग 'कुरै नझिक्ने' भारतको रणनीति
गोरखा भर्तीको सवाल अघि बढाउने या नबढाउने अब नेपालको जिम्मामा रहेको आफूलाई लागेको भारतका एक पूर्व उच्च सैन्य अधिकारीले टिप्पणी गरेका छन्। त्यसको अर्थ के हुन सक्छ?
उनको शव ३० वर्षदेखि सगरमाथामा जमेको अवस्थामा छ; 'ग्रीन बुट्स'लाई घर फर्काउने आशा
भारतीय अधिकारीहरू दोर्जे मोरूपको पार्थिव शरीरलाई उनका साथीभाइ र परिवारजनसमक्ष फर्काउने सकिने आशामा छन्।
अनि यो पनि
देशभित्र प्रतिबन्धपछि १३ हजार किमि टाढा एक भएको अफगान महिला फुटबल टोली
फिफाले मान्यता दिएको अफगान महिला फुटबल टोलीका सदस्यले फुटबलले आफूलाई स्वतन्त्रता र आत्मनिर्भरता दिएको बताए।
'नेपाली नै होइन रहेछौँ झैँ लाग्छ': सरकारप्रति चुलियो सुकुम्बासीको अविश्वास
सरकारले नेपालभरि रहेका सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने प्रतिबद्धता दोहोर्याउने गरेको भए पनि त्यो कार्यान्वयन गर्न ठोस कदम नचालिएको सुकुम्बासीका प्रतिनिधिहरूको गुनासो छ।
ट्रम्पले इरानमा बम खसाल्न चाहेको 'पिकएक्स माउन्टेन' के हो
'पिकएक्स माउन्टेन' हालसम्म अमेरिकी निसानामा नपरेको इरानको परमाणु कार्यक्रमसँग जोडिएको भन्ठानिएका निकै कम क्षेत्रहरूमध्ये एउटा हो।
भारतको जेन जी आन्दोलनमा उजागर भएको 'मोदीको सबैभन्दा ठूलो चुनौती'
शिक्षामन्त्रीको बहिर्गमनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई तत्कालीन राजनीतिक सङ्कट टार्न सहयोग गरे पनि युवाहरूको असन्तुष्टिलाई नियन्त्रणमा राख्नु उनको सरकारका लागि दीर्घकालीन चुनौती बन्न सक्ने देखिन्छ।
ब्याङ्कहरूमा खर्बौँ रुपैयाँ, ब्याजदर कम हुँदा पनि व्यापारीहरू ऋण लिँदैनन्
नेपाल राष्ट्र ब्याङ्कका अनुसार यतिखेर ब्याङ्कहरूमा ऋणयोग्य १३ खर्ब ३६ अर्ब रुपैयाँ उपलब्ध छ। तर किन अर्थतन्त्र खासै चलायमान हुन सकेन?
थप समाचार
विज्ञान तथा प्रविधि
शरीरबाहिर आन्द्रा भएको 'चमत्कारी' शिशुको उपचार गर्न आमाको गर्भाशयमै शल्यक्रिया
'ग्यास्ट्रोस्किसिस' नामक समस्यासँगै जन्मिन लागेका एक शिशुलाई सुरक्षित जन्माउन डाक्टरहरूले आमाको गर्भमै हुँदा शल्यक्रिया गरेका छन्।
हड्डी बलियो बनाउनु किन जरुरी छ र त्यसका लागि के खानुपर्छ
सही पोषण भएको आहार खाँदा र जीवनशैली सक्रिय बनाउँदा हाम्रो हड्डी स्वस्थ हुन्छ र यो केवल धेरै दूध पिउने विषयमात्रै होइन।
'बडिबिल्डिङ'ले निम्त्याउन सक्छ युवावस्थामै ज्यान गुम्ने जोखिम
ब्रजिलका चर्चित युवा बडिबिल्डरहरूको लगातार भएको मृत्युले स्टेरोइड प्रयोगका खतराप्रति फेरि धेरैको ध्यान खिचेको छ।
एआईले गर्दा जागिर गुमाएपछि पेसा बदलेका चिनियाँ महिला
चीनको सहरी क्षेत्रमा मर्मतसम्भार तथा जीर्णोद्धारसम्बन्धी काम गर्ने महिला समूहहरू तीव्र रूपमा बढिरहेका छन्। त्यस्ता टोलीमा ‘अटोमेशन’ र ‘एआई’का कारण जागिर गुमाएका पूर्वजागिरेहरू पनि छन्।
एआईद्वारा बनाइएका अनुहार खुट्याउने उपयोगी उपाय
सामान्यत: मानिसहरू एआईद्वारा बनाइएका अनुहारहरू खुट्याउन कमजोर नै हुन्छन्। तर नयाँ अनुसन्धानले करिब एक घण्टाको प्रशिक्षणले उक्त क्षमता सुधार्न सक्ने सङ्केत गरेको छ।
बीबीसी विशेष
भिडिओ, '२९ दिनमा २,००० किमि': दौडिएरै सबभन्दा चाँडो आल्प्स पार गर्ने व्यक्ति, समयावधि 1,36
आईभीएफ गर्दा पनि सन्तान जन्माउने प्रयास विफल भएपछि न्यूजील्यान्डकी सोफी वुड्सले दौडिएरै आल्प्स पर्वतमालामा फैलिएको २,००० किलोमिटर लामो बाटो पार गर्ने निधो गरिन्।
शीघ्र पेट्रोल उत्पादन गर्ने सरकारी घोषणा : चिनियाँ जबाफ नआउँदाका विकल्प
सरकारले पेट्रोलियम अन्वेषण परियोजनालाई यस वर्ष पर्याप्त बजेट उपलब्ध गराउन सकेको छैन। के आधारमा वर्तमान सरकारले शीघ्र देशभित्र पेट्रोलियम उत्पादनको कुरा गरिरहेको छ?
आफ्नी आमाबारे किन किम जङ अन कहिल्यै केही बोल्दैनन्
निकै कम उत्तर कोरियालीहरूलाई को योङ हुईबारे थाहा छ किनभने उनको पृष्ठभूमि सार्वजनिक हुने हो भने सत्तामाथि नै खतरा पैदा हुन सक्छ।
पाकिस्तान कसरी नेपाली शेर्पाहरूको दोस्रो ठूलो कर्मथलो बन्यो
नेपाली पर्वतारोहण समुदायले देशबाहिर झेलेको सबैभन्दा ठूलो दुर्घटनाका रूपमा गत विहीवारको ब्रोड पीक हिमपहिरोलाई सम्झिरहँदा पाकिस्तानमा नेपाली आरोहीहरूको फैलँदो भूमिकालाई पनि चासोपूर्वक हेरिएको छ।
'बी वान', 'बी टू' भिसामा अमेरिका जान अब नेपालीका लागि पनि ३० लाख रुपैयाँसम्म धरौटी
अहिलेको भिसा बन्ड पाइलट कार्यक्रम लागु गरिएका नेपालसहितका ५० देशका नागरिकहरूले 'बी वान', 'बी टू' भिसा प्राप्त गर्न सोमबारबाट २० हजार डलरसम्म धरौटी बुझाउनुपर्ने व्यवस्था गरिएको अमेरिकी सरकारले जनाएको छ।














































