बाढीले व्यवसाय नै बगायो तर लिएको ऋण अब के होला
भदौ महिनामा अकस्मात् तिब्बत हुँदै भोटेकोशी र तल त्रिशूलीमा आएको विनाशकारी बाढीका कारण रसुवादेखि धादिङसम्म धेरैको व्यापार र व्यवसायमा ठूलो क्षति पुगेको छ।
बाढीले सर्वस्व गुमाएका व्यवसायीहरूमा अब ब्याङ्कको ऋण तिर्नुपर्ने अर्को पिरलो देखिन्छ।
यसअघि भूकम्पजस्तो ठूलो विपद्का बेला सरकारले ऋणीहरूलाई राहतका अल्पकालीन र दीर्घकालीन प्याकेजहरू ल्याएको थियो। अहिलेको विपद्मा सरकार र सम्बन्धित निकायहरू व्यवसायीहरूका लागि के गर्दै छन् त?
यस विषयमा 'बीबीसी हातेमालो'का लागि निरञ्जन राजवंशीले नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता गुरुप्रसाद पौडेलसँग कुराकानी गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।