'आँखैअगाडि दुई जनालाई बाढीले बगायो, तर म १० सेकेन्डले बाँचेँ'

'आँखैअगाडि दुई जनालाई बाढीले बगायो, तर म १० सेकेन्डले बाँचेँ'
    • Author, कमल परियार र अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
    • Reporting from, बट्टार, नुवाकोट
  • Published

नुवाकोटको बट्टारकी युनिशा अमात्य स्थानीय त्रिभुवन त्रिशूली विद्यालयमा कक्षा ११ मा अध्ययनरत छिन्।

गत बुधवार बाढी आउँदा उनी विद्यालयमा थिइन्। कक्षा चलिरहेका समयमा शिक्षकहरूले बाढीका कारण घर जान भन्दा उनलाई बजारभन्दा माथि रहेको 'जलविद्युत् आयोजनाको बाँध फुटेको रहेछ' भन्ने लागेको थियो।

पहिले उनले घरमा फोन गरेर बुवालाई लिन आउन भनिन्। तर सबै जना भाग्न थालेपछि उनी पनि साथीहरूसँग पछिपछि दौडिइन्। उनलाई त्रिशूलीको पुलछेउमै झन्डै बाढीले भेट्टायो।

"हामी पनि १० सेकेन्डले नै बचेका हौँ के। साथीहरू र म," उनी सुनाउँछिन्।

युनिशाका अनुसार उनको आँखाअगाडि नै दुई जनालाई बाढीले बगाएर लग्यो।

(बीबीसी न्यूज नेपालीका कमल परियार र अशोक दाहालले नुवाकोटको बट्टार पुगेर बनाएको भिडिओ)

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।