तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
BBC News, नेपाली - होमपेज
मुख्य समाचार
पाकिस्तानी मध्यस्थतामा इस्लामाबादमा अमेरिका र इरानबीच शान्ति वार्ता, ट्रम्पले के भने?
संयुक्त राज्य अमेरिका र इरानले मध्यपूर्वमा जारी युद्ध अन्त्यको प्रयासमा पाकिस्तानमा वार्ता थालेका छन्। पाकिस्तानमा अमेरिका-इरान शान्तिवार्तालाई उत्सवको रूपमा लिइएको छ किन?
अमेरिका-इरान वार्ताका प्रमुख पाँच जटिल मुद्दा
अमेरिका र इरानबीच पाकिस्तानको इस्लामाबादमा वार्ता जारी रहँदा दुवै पक्षलाई केही मुद्दाहरूमा साझा निष्कर्षमा पुग्नु कठिन हुने देखिएको छ।
भारतीय विदेशमन्त्री पनि सहभागी सम्मेलनमा परराष्ट्रमन्त्रीले सुनाएका नेपालका प्राथमिकता
हाल मरिशसमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले सार्वभौम समानता र असंलग्न विदेश नीतिप्रति नेपाल प्रतिबद्ध रहेको बताएका छन्।
चर्को मूल्यवृद्धि गर्दा पनि 'निगम घाटामा', इन्धन किन्न ऋण लिनुपर्ने अवस्था आउने चेतावनी
सरकारले ५० प्रतिशत कर छुट दिएपनि निरन्तर इन्धनको मूल्यवृद्धि गरेको नेपाल आयल निगमले पाक्षिक घाटा ७ अर्ब ८१ करोड रुपियाँ रहेको बताएको छ। उसले अब भारतसँग कसरी इन्धन किन्छ?
इरान र अमेरिकाबीच युद्धविरामपछि पाकिस्तानमा वार्ताको तयारी, के लडाइँ रोकिएला
इरान र संयुक्त राज्य अमेरिकाले दुई साताका लागि युद्धविराम गरेका छन्। के यसले लडाइँ समाप्त गरिदेला?
दुई दिने बिदा र शैक्षिक कार्यक्रमको हेरफेरले 'विद्यार्थीलाई मर्का पर्ने चिन्ता', मन्त्रालयका अधिकारी के भन्छन्
बीबीसीले कुरा गरेका सामुदायिक विद्यालयसम्बद्ध प्रधानअध्यापक सङ्घ, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र कतिपय स्थानीय तहका पदाधिकारी तथा शिक्षाविद्ले सरकारको उक्त निर्णयले पठनपाठनमा प्रतिकूल प्रभाव पर्न सक्ने बताएका छन्।
संवैधानिक नियुक्तिको निर्णयमा भाग लिन पाउने विपक्षी दलको नेताको टुङ्गो कहिले लाग्ला
विभिन्न उच्चपदका लागि नियुक्तिको सिफारिस गर्ने संवैधानिक परिषद्मा सहभागी हुन पाउने भएकाले अहिले नेपाली कांग्रेसको संसदीय दलका नेता को चुनिन्छन् भन्ने विषयमा धेरैको चासो बढेको देखिन्छ।
अनि यो पनि
बालेन सरकार संविधान संशोधनको 'अप्ठेरो अभ्यासतर्फ अग्रसर'
राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले संविधान संशोधनको निम्ति अग्रसरता देखाएको छ। तर त्यसलाई किन जटिल र अप्ठेरो अभ्यासको रूपमा हेरिएको छ?
इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा
इरानसँगको दुई साता लामो युद्धविरामसम्म आइपुग्दा अमेरिकालाई बाँकी विश्वले हेर्ने दृष्टिकोण आधारभूत रूपमै बदलिएको हुन सक्छ।
पाकिस्तानले कसरी अमेरिका र इरानलाई युद्धविराम गर्न सघायो
पाकिस्तानले विगत केही सातादेखि मध्यस्थ बनेर इरान र अमेरिकाबीच सन्देश प्रवाह गराउँदै आएको छ।
भारतको उच्च आर्थिक वृद्धिलाई मध्यपूर्वमा उत्पन्न तेल सङ्कटबाट धक्का
मध्यपूर्वको सङ्कटले वर्षौँयता आर्थिक वृद्धिमा निरन्तर प्रगति गरिरहेको भारतलाई कस्तो दुष्प्रभाव परेको छ?
भिडिओ, आर्टिमिस अन्तरिक्षयात्रीकी पत्नीको सम्झनामा चन्द्रमाको एउटा खाडलको नाम, समयावधि 0,52
आर्टिमिस २ अभियानका क्रममा अन्तरिक्षयात्री जेरमी ह्यान्सनले नासाकी केल्सी यङलाई आफ्नो टोलीले चन्द्रमामा केही खाडलहरूको नामकरण गर्न चाहेको बताए।
थप समाचार
विज्ञान तथा प्रविधि
ब्याङ्कमा पैसा राखे जसरी पछिका लागि निद्रा जोगाउन कति सम्भव
निद्रालाई भविष्यका लागि जोगाउने विषय विवादास्पद छ। सबै अनुसन्धानकर्ताहरू यसरी निद्रा "सञ्चिती" गर्ने र पछि त्यसलाई सुत्न नपाउने बेला प्रयोग गर्ने भन्ने कुरामा सहमत छैनन्।
भिडिओ, अन्तरिक्षयात्रीहरू कसरी शौचालय जान्छन् , समयावधि 0,38
नासाको आर्टिमिस २ अभियानका लागि वैज्ञानिकहरूले अन्तरिक्षयात्रीहरूलाई शौच गर्न सजिलो बनाउन एउटा विशेष प्रणाली प्रयोग गरेका छन्। त्यो के हो?
भिडिओ, चन्द्रमाको कक्षबाट खिचिएको पृथ्वीको पहिलो रङ्गीन तस्बिर , समयावधि 1,15
अपोलो ८ का अन्तरिक्षयात्रीहरूले सन् १९६८ मा पहिलो पटक चन्द्रमाको परिक्रमा कक्षबाट पृथ्वीको रङ्गीन तस्बिर खिचेका थिए।
भिडिओ, हाम्रो ब्रह्माण्डको अन्त्य कसरी होला, समयावधि 1,25
वैज्ञानिकहरूले ब्रह्माण्डको अन्त्य कसरी होला भनेर व्याख्या गर्न केही सिद्धान्त प्रतिपादन गरेका छन्।
नक्कली कपालमा स्तन क्यान्सरसँग जोडिएका रासायनिक पदार्थ भेटिएको वैज्ञानिकहरूको दाबी
विश्वभर दशौँ हजार महिलाहरू नक्कली कपाल लगाउँछन् तर त्यस्ता नक्कली कपालमा स्तन क्यान्सरसँग जोडिएका, होर्मोनल परिवर्तन कारक वा प्रजनन क्षमतामा असर गर्ने तत्वहरू पाइएको वैज्ञानिकहरूले बताएका छन्।