रसुवाढीको सुरुङमा कोही फेला नपरेपछि उद्धारकर्ताहरू फर्किए

रसुवाढीको सुरुङमा कोही फेला नपरेपछि उद्धारकर्ताहरू फर्किए
Published

रसुवागढी जलविद्युत् आयोजना (आरएचपीएल)को सुरुङभित्र कोही फेला नपरेपछि उद्धारकर्ताहरूको टोली फिर्ता भएको नेपाली सेनाले जनाएको छ।

गत बुधवार भोटेकोशी नदीमा आएको बाढीपछि उक्त सुरुङमा केही मानिसहरू फसेको अनुमान गरिएको थियो।

भोटेकोशी र तल त्रिशूली नदीमा आएको बाढीपछि विभिन्न जलविद्युत् आयोजनामा कार्यरत सयौँ मानिस सम्पर्कविहीन भएको सरकारी निकायहरूले जनाएका छन्।

सम्बन्धित समाचार

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।