'मस्तिष्क खाने कीटाणु' विश्वभरि फैलिने डर

भिडिओ क्याप्शन सुरु हुँदैछ,
'मस्तिष्क खाने कीटाणु' विश्वभरि फैलिने डर
Published

वैज्ञानिकहरूले एउटा दुर्लभ तर प्रायः घातक मानिने 'मस्तिष्क खाने अमीबा' विश्वभरि फैलिन सक्ने जोखिम रहेको औँल्याएका छन्।

वैज्ञानिक नाम 'नेग्लिरिअ फाउलेराई' भएको यो परजीवी नाकबाट शरीरभित्र पस्छ। यसले स्नायु र मस्तिष्कमा आक्रमण गर्छ। विज्ञहरूका अनुसार पानीको बढ्दो तापक्रमका कारण गर्दा यो सूक्ष्मजीव विश्वका नयाँनयाँ क्षेत्रमा फैलिन थालेको छ।

सन् २०१४ मा कोस्टारिकामा परिवारसँग बिदा मनाउने क्रममा ११ वर्षीय जोर्डन स्मेल्स्की सङ्क्रमणका कारण मृत्यु भएको थियो।

केही वर्षअघि दक्षिण भारतीय राज्य केरलमा फैलिएको प्रकोपमा २०० जनाभन्दा बढी मानिस सङ्क्रमित भएको पुष्टि भएपछि यो कीटाणुबारे चिन्ता फेरि बढ्न थालेको हो।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।