मध्यपूर्वमा खिचिएका 'यूएएफओ'का भिडिओ अमेरिकाद्वारा सार्वजनिक
अमेरिका सरकारले यूएफओसँग सम्बन्धित भन्ठानिएका र मध्यपूर्वमा खिचिएका केही भिडिओहरू सार्वजनिक गरेको छ।
अमेरिकी सेनाका अनुसार ती भिडिओ सन् २०२० देखि २०२६ सम्म खिचिएका हुन्।
ती फुटेजसँगै दिइएको विवरणमा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले यूएफओहरूलाई "एरिआज अफ कन्ट्रास्ट" अर्थात् फरक रङ्ग वा प्रकाश देखिने क्षेत्रका रूपमा चिनाएको छ।
भिडिओ सार्वजनिक गर्दै अमेरिकी सेनाले सर्वसाधारण मानिसहरूलाई "यो विवरणको कुनै पनि अंशलाई वर्णित घटनाको वैधता, प्रकृति वा महत्त्वबारे विश्लेषणात्मक निर्णय, अनुसन्धानात्मक निष्कर्ष वा तथ्यात्मक निर्धारणका रूपमा नबुझ्न" भनेको छ।
यसै वर्षको सुरुमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यूएफओसम्बन्धी सरकारी फाइलहरू सार्वजनिक गर्न आदेश दिएपछि यी भिडिओहरू सार्वजनिक भएका हुन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



