एन्भिडिआ फर्किँदा जेन्सन वाङलाई कर्मचारीहरूले गरे स्वागत
एन्भिडिआले पुनः कार्यकारी प्रमुख नियुक्त गरेपछि जेन्सन वाङ उक्त कम्पनीको नेतृत्व सम्हाल्न फर्किएका छन्।
यद्यपि केही दिनअघि फर्किने उनको प्रस्तावलाई एआई चिप निर्माण गर्ने उक्त कम्पनीले अस्वीकार गरेको थियो।
चिनियाँ जासुस भन्ठानिएकी एक महिलासँग आफ्नो प्रेमसम्बन्ध रहेको स्वीकार गरेपछि वाङ राजीनामा दिन बाध्य भएका थिए।
वाङ कार्यालयमा फर्किएपछि एन्भिडिआका कर्मचारीहरूले हर्षोल्लास गरेका थिए। प्रतिक्रियामा उनले दोस्रो मौका दिएकोमा सबैलाई धन्यवाद दिँदै नयाँ कार्यकालमा आफूले अझ राम्रो काम गर्ने बताए।
वाङ आकस्मिक रूपमा नेतृत्वमा फर्किने घोषणा भएपछि बजारमा एन्भिडिओको कुल शेअरको मूल्य १० खर्ब अमेरिकी डलरले बढेको छ।
सन्दिग्ध चिनियाँ जासुससँगको सम्बन्धबारे आगामी साता बयान दिन अमेरिकी कङ्ग्रेसले वाङलाई बोलाएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



