हीथ्रोमा अवतरण गर्न लाग्दा विमानको पुच्छरले 'भुइँ छोयो'
गत साता हीथ्रो विमानस्थलमा अवतरण गर्न लागेको एउटा यात्रुवाहक विमानको पुच्छर धावनमार्गमा ठोक्किए जस्तो देखिएको छ। उक्त विमान एम्स्टर्ड्यामबाट आएको थियो।
सो घटनापछि ब्रिटिश एअरवेजको उडान बीए४३१ लाई पाइलटहरूले फेरि उडाउँदै दोस्रो प्रयासमा सकुशल ओराले। धावनमार्गमा पुग्न लागेको वा पुगिसकेको विमानलाई अवतरण नगरी फेरि आकाशमा उडाउनुलाई उड्डयन क्षेत्रमा 'गो-अराउन्ड' भनिन्छ।
ब्रिटिश एअरवेजले नोभेम्बर १२ को उक्त घटनाबारे अनुसन्धान भइरहेको भन्दै त्यस विषयमा आफूले थप टिप्पणी गर्न नमिल्ने बताएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



