किम जङ-अनकी छोरीले गरिन् स्की

भिडिओ क्याप्शन सुरु हुँदैछ, किम जङ-अनकी छोरीले हेल्मेटबिना गरिन् स्की
किम जङ-अनकी छोरीले गरिन् स्की
Published

उत्तर कोरियाका नेता किम जङ-अनले परिवारका सदस्य र पार्टीका नेतासहित चीनसँगको सीमावर्ती क्षेत्रमा रहेको एउटा पर्यटकीय क्षेत्रको आइतवार र सोमवार भ्रमण गरेका छन्।

उनकी छोरीले हेल्मेट नलगाई स्की गर्दै गरेको भिडिओ सार्वजनिक भएको छ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस र रुसी राष्ट्रपतिको कार्यालय क्रेम्लिनले उत्तर कोरियाली नेतासँग भेटवार्ता हुन सक्ने सङ्केत गरेको खबरबीच यो भ्रमण भएको हो।

चीनसँगको सीमावर्ती क्षेत्रमा किमले भ्रमण गरेका हुन्। चीनले एपेक शिखर बैठकको आयोजना गरिरहेको छ र विज्ञहरूका अनुसार किम त्यसमा सहभागी हुने सङ्केत देखिएको छैन।

हेर्नुहोस् भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।