चन्द्रमाको परिक्रमा गरेर आर्टिमिस-२ पृथ्वी फर्किँदा खिचिएको भिडिओ
नासाले चन्द्रमाको परिक्रमा गरेर पृथ्वी फर्किएको आफ्नो आर्टिमिस-२ मिशनका नयाँ भिडिओ सार्वजनिक गरेको छ।
भिडिओमा उक्त अन्तरिक्षयान पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्दै गरेको र समुद्रमा अवतरण हुनुअघि अन्तरिक्षयात्रीहरूको प्यारशूट खुलेको देखिन्छ।
आर्टिमिस-२ ले गत एप्रिल महिनामा चन्द्रमा वरिपरि झन्डै १० दिनको यात्रा गरेको थियो।
नासाले हालै थप अध्ययनका लागि उक्त अन्तरिक्ष अभियानबाट प्राप्त डेटासेट वैज्ञानिक समुदाय र सर्वसाधारण मानिसका लागि उपलब्ध गराएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



