'बोक्सी' को आरोप खेप्दै सर्पको विषबाट अरूलाई जोगाउन जुटेकी 'स्नेक गर्ल'

भिडिओ क्याप्शन सुरु हुँदैछ,
'बोक्सी' को आरोप खेप्दै सर्पको विषबाट अरूलाई जोगाउन जुटेकी 'स्नेक गर्ल'
Published

जता हेर्‍यो त्यतै सर्प देख्दा मानिसहरू डराउनु अस्वाभाविक होइन। सर्पबारे विभिन्न अन्धविश्वाससँगै धार्मिक र सांस्कृतिक मान्यताहरू पनि हुन्छन्।

तर मानिसहरूमा यी सरीसृपबारे धेरै भ्रम व्याप्त रहेको देखिन्छ।

सर्प संरक्षणका लागि जनचेतना अभिवृद्धि गर्दै आएकी नाइजिरियाकी सरीसृपविज्ञ टाइवो ओकिकिओलाले सर्पबारे अस्वाभाविक रुचि राखेकाले "बोक्सी" भएको आरोप खेप्नुपरेको छ।

तर उनी विचलित नभई अफ्रिकाभरि विषालु सर्पको डसाइबाट हुने मृत्युबाट मानिसहरूलाई सामाजिक सञ्जालबाट शिक्षित बनाउने अभियानमा जुटेकी छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।