निम्तोबिना घरमा आउने मान्छेलाई खेलौना दिएर भुलाउने कुकुर
अमेरिकाको सान डिएगोस्थित एउटा घरमा पालिएको यो कुकुरले निम्तोबिना घरमा आउने मान्छेलाई कसरी भुलाउँछ भन्ने थाहा पाउन यो भिडिओ हेर्नुहोस्।
शङ्कास्पद नियतले घरमा आउनेहरूलाई भुलाइराख्न 'गोल्डन रिट्रीभर' जातको यो 'नाश' नामक कुकुर सुरुमा उनीहरूसँग खेल्न चाहेजस्तो देखाउँछ।
ऊ उनीहरूलाई पालैपालो आफ्ना खेलौनाहरू देखाउँछ।
घरमा जडान गरिएको क्यामरामा यो दृश्य खिचिएको हुन्छ र त्यसलाई हेर्दा घरधनीले यो कुरा थाहा पाउँछन्।
त्यसपछि अपरिचित व्यक्तिहरूले कुनै कसुर गर्नुअघि नै उनीहरू प्रहरीलाई खबर गर्न भ्याउँछन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



