यमनमा हूथीहरूको नियन्त्रणमा रहेको विमानस्थलमा हवाई हमला⁣

यमनमा हूथीहरूको नियन्त्रणमा रहेको विमानस्थलमा हवाई हमला⁣
Published

यमनको सानामा हूथी समूहको नियन्त्रणमा रहेको एउटा विमानस्थलमा हवाई हमला भएको छ।

यमन सरकारले एउटा इरानी विमानलाई अवतरण गर्न नदिन आफूले सानास्थित विमानस्थलमा बम प्रहार गरेको बताएको छ।

साउदी अरबलाई दोषरोपण गर्दै हूथी समूहले क्षेप्यास्त्रहरू प्रहार गरेको छ। हूथीहरूलाई इरानले सहयोग उपलब्ध गराउँदै आएको छ।

साउदी अरबले धावनमार्गमा भएको हमलाबारे कुनै टिप्पणी गरेको छैन।

पछि उक्त विमान हूथीहरूको नियन्त्रणमा रहेको अर्को विमानस्थलमा ओर्लिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।