तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कारले 'जानीजानी' ठक्कर दिएर बाइक लडाइदिएको देखिने भिडिओ भाइरल
भारतमा एउटा कारले मोटरसाइकल चालकलाई ठक्कर दिएको नाटकीय भिडिओ भाइरल भएको छ। त्यो भिडिओ बाइकमा जडित क्यामराले खिचेको हो।
यो घटना दिल्लीसँगै जोडिएको हरियाणाको गुरुग्राममा भएको हो।
दुर्घटनामा परेकी शिवानी चौहानले आफूलाई पिछा गर्दै आएको कारले नियतवश ठक्कर दिएको आरोप लगाएकी छन्।
कारचालकलाई प्रहरीले हिरासतमा लिएको छ। उनलाई पहिला लापरबाहीपूर्वक गाडी चलाएको र अरूको जीवन सङ्कटमा पारेको भन्दै प्रहरीले उजुरी लिएको थियो। पछि उनीविरुद्ध ज्यान मार्ने उद्योग गरेको अभियोग पनि थपिएको छ।
तर ती कारचालकका वकिलले सबै आरोपको खण्डन गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।