न्यूयोर्कमा अवतरण गर्न लागेको विमान जब एउटा लरीसँग ठोकियो
न्यूयोर्क सिटीबाहिर रहेको एउटा विमानस्थलमा अवतरण गर्ने क्रममा यूनाइटेड एअरलाइन्सको एउटा विमान बिजुलीको खम्बा र लरीसँग ठोकिएको छ।
न्यूअर्क लिबर्टी अन्तर्राष्ट्रिय विमानस्थलमा सामान ओसार्ने उक्त लरीमा रहेको ड्याशक्यामले त्यस बेलाको दृश्य खिचेको छ। घटना हुँदा उक्त लरी विमानस्थलको एउटा धावनमार्गनजिकै सडकमा गुड्दै थियो।
भेनिसबाट आएको विमानमा चालकदलका सदस्यहरूसहित कुल २३१ जना सवार थिए। विमान सुरक्षित रूपमा रोकियो। तर लरीका चालकलाई सामान्य चोटपटक लागेको छ।
न्याश्नल ट्रान्स्पोर्टेशन सेफ्टी बोर्डले उक्त घटनाबारे अनुसन्धान गर्न थालेको छ। अमेरिकामा हुने विमानसँग सम्बन्धित दुर्घटनाको छानबिन गर्ने सो सरकारी निकायले यूनाइडेट एअरलाइन्सलाई ककपिट भोइड रेकर्डर र फ्लाइट डेटा रेकर्डर उपलब्ध गराउन निर्देशन दिएको छ।
सो एअरलाइन्सको मर्मत टोलीले विमानमा पुगेको क्षति आकलन गर्न थालेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



