वैदेशिक रोजगारीसम्बन्धी ठगीका पीडित न्यायको पर्खाइमा
- Author, कमल परियार
- Role, भिडिओ पत्रकार, बीबीसी न्यूज नेपाली
- Published
वैदेशिक रोजगारीको प्रलोभनमा कुवेत पुगेपछि आफू ठगिएको थाहा पाएर केही महिनामै नेपाल फर्किएकी सङ्गीता लिम्बू चार महिना भइसक्दा पनि आफूले न्याय पाउन नसकेको बताउँछिन्।
नेपालबाट प्रत्येक वर्ष लाखौँ मानिसहरू वैदेशिक रोजगारीमा जाने गरेका छन्।
त्यसरी जानेमध्ये कैयौँ मानिस ठगीमा परे पनि पर्याप्त प्रमाण नहुँदा दोषीमाथि कारबाही गर्न कठिन हुने गरेको वैदेशिक रोजगार विभागको भनाइ छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयका अनुसार घरेलु कामदारका रूपमा कुवेतमा पुगेर फर्किएकी सङ्गीताका जस्ता वैदेशिक रोजगारीसम्बन्धी झन्डै २८,००० वटाभन्दा बढी उजुरी सरकारी निकायहरूमा चाङ लागेका छन्।
हालै विभागले वैदेशिक रोजगारीसम्बन्धी ठगीका विषयमा पक्राउ पुर्जी जारी भएका व्यक्तिहरूलाई '३५ दिनभित्र विभाग वा प्रहरीको सम्पर्कमा आउन' भन्दै सार्वजनिक सूचना जारी गरेको छ।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



