अहिलेसम्म हामीलाई के थाहा छ
भोटेकोशी-त्रिशूली बाढीको छैटौँ दिनमा यस घटनासम्बन्धी मुख्यमुख्य अप्डेट यस प्रकार छन्।
- विनाशकारी बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या ९३९ पुगेको नेपाल प्रहरीले बताएको छ। सरकारका प्रवक्ताले भने यो सङ्ख्या ९५७ रहेको बताएका छन्।
- सम्पर्कविहीन मानिसहरूको सङ्ख्या ३,९०० भन्दा बढी छ।
- प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'ले आफ्नो सरकारको ध्यान 'खोज तथा उद्धार'मा केन्द्रित रहेको बताएका छन्।
- चीनको जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै नेपाली अधिकारीले रसुवामा बनेको 'लेक टू' हिमतालमा पानी जम्मा हुने क्रम जारी रहेकाले जोखिम रहेको बताएका छन्।
- हालसम्म सङ्कलितमध्ये झन्डै ४ प्रतिशत शवको मात्र पहिचान भएको अधिकारीहरूले बताएका छन्। पहिचान हुन नसकेका शवहरू सड्न थालेकाले तिनलाई "जमिनमुनि व्यवस्थापन" गर्न थालिएको अधिकारीहरूले बताएका छन्।
- बाढीपछि हराइरहेका नेपाली तथा विदेशी नागरिकहरूको डीएनए परीक्षणका लागि “नजिकको रगतको नाता” भएका आफन्तले अनुरोध गरेमा उनीहरूको रगतको ताजा नमुना सङ्कलन गरेर डीएनए परीक्षणबाट शवको पहिचान गर्न सकिने भन्दै नेपाल प्रहरीले एउटा सूचना जारी गरेको छ।
- रसुवास्थित भोटेकोशी नदीमा गत बुधवार बिहान आएको बाढीका कारण प्रभावित भएको रसुवागढी जलविद्युत् आयोजना (आरएचपीएल)को सुरुङभित्र कोही पनि फेला नपरेको नेपाली सेनाले जनाएको छ।
- भारत र पाकिस्तानलगायत देशका अधिकारीहरूले नेपालमा भएको विनाशमा शोक व्यक्त गरेका छन्। अस्ट्रेलियालगायका देशहरूले सहयोग पठाएका छन्।
- बाढीको प्रभाव नेपालको शेअर बजारमा पनि देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमवार ४३.८९ अङ्कले झरेर २,५१० मा ओर्लिएको छ।
- अधिकारीहरूले सुरुङ उद्धारमा अनुभवप्राप्त विदेशी विशेषज्ञहरूका छुट्टाछुट्टै टोली पनि परिचालन गरिएको अधिकारीहरूले बताएका छन्। अहिलेसम्म भारत, चीन र दक्षिण कोरियाबाट उद्धारकर्ताहरू नेपाल आएका छन्।
यससँगै हामी आजका लागि यो पेज बन्द गर्दै छौँ। हाम्रो लाइभ पेज हेरिदिनुभएकामा धन्यवाद।
अन्य समाचारका लागि हाम्रो वेबसाइट हेर्नुहोला। हाम्रा सामग्रीहरू फेसबुक, इन्स्टाग्राम रयूट्यूबमा पनि उपलब्ध छन्।
शुभरात्रि।


















