लेबननमा टीभीको 'लाइभ'मा हुँदा इजरेली हमला
लेबननमा टीभीको 'लाइभ'मा हुँदा इजरेली हमला
Published
दक्षिण लेबननमा आइतवार राति भएको इजरेली हमलामा हिज्बुल्लाह समूहसँग सम्बद्ध अल मानर टीभीका एक जना संवाददाता र क्यामराम्यान घाइते भएका छन्।
इजरेलले गरेका शृङ्खलाबद्ध हमलाहरूबारे टीभीको प्रत्यक्ष प्रसारणमा रहेका रिपोर्टरनजिकै हमला भएको यो भिडिओ 'भाइरल' बनेको छ।
उक्त स्टेशनका अनुसार दुवै जनाको अवस्था स्थिर छ तर उनीहरूको शल्यक्रिया गर्नुपर्ने भएको छ।
हिज्बुल्लाह समूहले गरेका आक्रमणको जवाफ दिन आफूले हमला गरेको इजरेलले जनाएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



