अमेरिकी राष्ट्रपतिलाई जेल हालेको दृश्य अभिनय गरेर तेहरानको सार्वजनिक स्थानमा प्रदर्शन

भिडिओ क्याप्शन सुरु हुँदैछ, नक्कली जेलमा ट्रम्प हालिएको दृश्य झल्काउने अभिनय
अमेरिकी राष्ट्रपतिलाई जेल हालेको दृश्य अभिनय गरेर तेहरानको सार्वजनिक स्थानमा प्रदर्शन
Published

एक जना कलाकारले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई एउटा नक्कली जेलमा राखेको दृश्यमा अभिनय गरेर प्रदर्शनमा राखेपछि तेहरानको व्यस्त तजरिश स्क्वायरमा भिड जम्मा हुन थालेको छ।

यो नक्कली जेल एउटा बिलबोर्डको अंशको रूपमा राखिएको छ र त्यसमा लेखिएको छः "यो दृश्य नहेर्नु अपराध हो"।

इरानले आफ्नो कूटनीतिक अडान कडा बनाएका बेला राज्यले नै बनाएर यो भिडिओ सार्वजनिक स्थानमा राखिएको छ।

तेहरानले आफ्नो देशमा भ्रमणमा आएका पाकिस्तानी सेना प्रमुखलाई इरानी माग पूरा नगरेसम्म अमेरिकासँग वार्ता नहुने बताएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।