तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अमेरिकी स्वास्थ्यमन्त्रीले खाली हातले समाते एकापसमा बेरिएका सर्प
संयुक्त राज्य अमेरिकाका स्वास्थ्यमन्त्री रोबर्ट एफ केनडी जूनिअरले खाली हातले एक जोडी सर्प समातेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ।
वन्यजन्तुविज्ञहरूले सर्वसाधारण मानिसहरूलाई त्यसो नगर्न चेतावनी दिएका छन्।
उक्त भिडिओसँगै गर्दै केनडीले आफ्ना साथी डा मेहमट ओजको फ्लोरिडाको समुद्री किनारामा अवस्थित घरबाट 'ब्ल्याक रेसर' जातका सर्प हटाएको विवरण पोस्ट गरेका छन्।
उक्त भिडिओमा एक महिलाले केनडीलाई बारम्बार प्रश्न गरेको र सर्प छोडिदिन आग्रह गरेको सुनिन्छ। उनी केनडीकी पत्नी तथा अभिनेत्री शेरिल हाइन्स हुन्।
अमेरिकी 'न्याश्नल पार्क सर्भिका 'का अनुसार 'ब्ल्याक रेसर' सर्पहरू विषरहित र आफूलाई बाधा नपुगेसम्म मानिसलाई हानि नगर्ने खालका हुन्छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।