बाढीपछि सम्पर्कविहीन आफन्तदेखि क्षतिग्रस्त घरमा सामान खोज्न पुग्नेसम्मका केही तस्बिर

अचानक आएको बाढीबाट प्रभावित एक महिलालाई हेलिकप्टरबाट उद्धार गरेर त्रिशूलीस्थित सैनिक ब्यारेकमा ल्याइँदै गर्दा।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, रसुवा र नुवाकोटका विभिन्न स्थानमा बाढीबाट प्रभावित कैयौँ मानिसलाई सेनाले हेलिकप्टरबाट उद्धार गरेर त्रिशूलीस्थित सैनिक ब्यारेकमा लगेको छ
Published
पढ्ने समय: ४ मिनेट

भोटेकोशी-त्रिशूली नदीमा विनाशकारी बाढी आएको पाँचौँ दिन कैयौँ मानिसहरू सम्पर्कविहीन भएका आफ्ना आफन्तबारे केही सूचना पाइन्छ कि भनेर यताउता भौँतारिएका छन् भने प्रभावित क्षेत्रमा रहेका मानिसहरू आफ्नो घर भएको ठाउँमा पनि पुगेका छन्।

बुधवार गएको बाढीका कारण धनजनको ठूलो क्षति पुगेको छ। मृतकको सङ्ख्या बढ्दो क्रममा छ भने आइतवार दिउँसोसम्म २,५०० जना सम्पर्कविहीन भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

बाढीपछि बिचल्लीमा परेका कैयौँ मानिसलाई सुरक्षाकर्मीले उद्धार गरेर हेलिकप्टरमार्फत् सुरक्षित स्थानमा लगेका छन्।

बाढीले निम्त्याएको नयाँ परिस्थिति झल्काउने केही प्रतिनिधिमूलक तस्बिरहरू यहाँ प्रस्तुत गरिएको छ।

नुवाकोटको देवीघाटमा बाढीले क्षति पुगेको एउटा घरबाहिर देखिएको एउटा खेलौना

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, नुवाकोटको देवीघाटमा बाढीले क्षति पुगेको एउटा घरबाहिर देखिएको एउटा खेलौना
नुवाकोट देवीघाटको एक घरभित्र भयानक बाढी पस्दा क्षतिग्रस्त घरको एक कोठा जुन हिलो माटोले भरिएको छ

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, नुवाकोट देवीघाटस्थित एउटा घरमा बाढी पसेर हिलाम्मे भएको कोठा
धादिङस्थित बागेश्वर माध्यमिक विद्यालयमा बाढी पसेर हिलाम्मे भएको एउटा कक्षाकोठा

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, धादिङस्थित बागेश्वर माध्यमिक विद्यालयमा बाढी पसेर हिलाम्मे भएको एउटा कक्षाकोठा। रसुवाको भोटेकोशीमा आएको बाढीले त्रिशूली हुँदै तल बग्ने क्रममा बाटोमा पर्ने नुवाकोट र धादिङ जिल्लामा ठूलो क्षति पुर्‍याएको छ
धादिङस्थित बागेश्वरी माध्यमिक विद्यालयमा पढ्ने एक विद्यार्थी आफ्नो झोला खोज्दै

तस्बिर स्रोत, EPA/Shutterstock

तस्बिरको क्याप्शन, सो विद्यालयमा पढ्ने एक विद्यार्थी आफ्नो झोला खोज्दै छन्। बाढीका कारण विभिन्न जिल्लामा सयौँ विद्यार्थीहरू प्रभावित भएका छन् भने विद्यालयहरूमा पठनपाठन रोकिएको छ
नुवाकोटको देवीघाटका विशोक कँडेल बाढीले क्षति पुर्‍याएको आफ्नो घरमा केही सामान भेटिन्छ कि भनेर खोज्दै छन्

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, नुवाकोटको देवीघाटका विशोक कँडेल बाढीले क्षति पुर्‍याएको आफ्नो घरमा केही सामान भेटिन्छ कि भनेर खोज्दै छन्
धादिङमा त्रिशूली नदीनजिकै बाढी पसेको तर नभत्किएको एउटा घरमा सरसफाइ गर्दै एक व्यक्ति

तस्बिर स्रोत, EPA/Shutterstock

तस्बिरको क्याप्शन, धादिङमा त्रिशूली नदीनजिकै बाढी पसेको तर नभत्किएका घरमा मानिसहरूले सरसफाइ गर्न थालेका छन्
धादिङमा त्रिशूली नदीको बाढीले भत्काएको घरमा सामान खोज्दै एक महिला

तस्बिर स्रोत, EPA/Shutterstock

तस्बिरको क्याप्शन, मानिसहरू क्षतिग्रस्त घर वा भग्नावशेषमा केही महत्त्वपूर्ण सामग्री भेटिन्छ कि भनेर खोज्न गएका छन्
धादिङमा त्रिशूली नदीले कटान गरेको सडकमा हिँड्दै एक व्यक्ति

तस्बिर स्रोत, EPA/Shutterstock

तस्बिरको क्याप्शन, त्रिशूली नदीले पृथ्वी राजमार्गमा ठूलो क्षति पुर्‍याएको छ
आइतवार बिहान त्रिशूली नदीमा फेरि बाढी आएपछि धादिङमा नदीनजिकै घर भएका मानिसहरू आफ्ना सरसामानसहित सुरक्षित स्थानतिर सर्दै

तस्बिर स्रोत, EPA/Shutterstock

तस्बिरको क्याप्शन, आइतवार बिहान त्रिशूली नदीमा फेरि बाढी आएपछि धादिङमा नदीनजिकै घर भएका मानिसहरू आफ्ना सरसामानसहित सुरक्षित स्थानतिर सरे
नेपाली सेनाको त्रिशूलीस्थित मैथली ब्यारेकमा सैनिकहरू

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, सरकारी निकायहरूका अनुसार खोज, उद्धार तथा राहतका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका गरी झन्डै २० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ
नेपाली सेनाको त्रिशूलीस्थित मैथली ब्यारेकमा टाँसिएको सूचीमा उद्धार गरिएका मानिसहरूको नाम हेर्दै एक व्यक्ति

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, नेपाली सेनाको त्रिशूलीस्थित मैथली ब्यारेकमा टाँसिएको सूचीमा उद्धार गरिएका मानिसहरूको नाम हेर्दै एक व्यक्ति। आइतवार दिउँसोसम्म प्रभावित स्थानबाट ८,७०० जनाको उद्धार गरिएको छ भने झन्डै २,५०० जना अझै सम्पर्कविहीन छन्
बाढीबाट प्रभावित एक वृद्धलाई बोकेर त्रिशूलीस्थित नेपाली सेनाको मैथली ब्यारेकतिर लैजाँदै एक सैनिक

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, सुरक्षाकर्मीहरूले प्रभावित क्षेत्रमा मानिसहरूलाई उद्धार गर्न र सुरक्षित स्थानमा पठाउने क्रमलाई निरन्तरता दिएका छन्
चितवनको भरतपुरस्थित अस्थायी होल्डिङ सेन्टरमा स्क्रीनमा देखाइएका शवका तस्बिरहरूतिर हेर्दै केही मानिसहरू

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, चितवनको भरतपुरस्थित अस्थायी होल्डिङ सेन्टरमा स्क्रीनमा देखाइएका शवका तस्बिरतिर हेर्दै केही मानिस। बाढीसँगै बगेका शवहरू चितवनमा सर्वाधिक सङ्ख्यामा फेला परेका छन्
नुवाकोटको देवीघाटमा लिखुखोलानजिकै त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित स्थानको ड्रोन तस्बिर

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, नुवाकोटको देवीघाटमा लिखुखोलानजिकै त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित स्थानको ड्रोन तस्बिर
नुवाकोटको देवीघाटमा आफ्नो घरमा पालेका कुखुरा फेरि भेटिएपछि सुनीता चित्रकार

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, नुवाकोटको देवीघाटमा आफ्नो घरमा पालेका कुखुरा फेरि भेटिएपछि सुनीता चित्रकार
त्रिशूलीस्थित नेपाली सेनाको मैथली ब्यारेकमा रोकिएको एउटा हेलिकप्टरतिर पानीका बोतल बोकेर जाँदै सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरू

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, विभिन्न स्थानमा बाढीले पुल र बाटो बगाएकाले उद्धारकर्ताहरूले हेलिकप्टर प्रयोग गरेका छन्

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।