तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पक्राउ गर्न गएका प्रहरीलाई छलेर जब सांसद भागे
फिलिपिन्सका सिनेटर रोनल्ड डेला रोजा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)को आदेशबमोजिम पक्राउ गर्न खोज्दा भागेर सिनेटस्थित आफ्नो कार्यकक्षमा शरण लिन गएपछि फिलिपिन्सको माथिल्लो सदनको भवनमा सुरक्षा व्यवस्था निकै कडा पारियो।
दुई दिनको गतिरोधपछि त्यहाँ गोली चलेको आवाज सुनियो। अधिकारीहरूले कसले गोली चलायो भन्ने खुलाएका छैनन्। तर उक्त घटनामा कोही हताहत नभएको बताइएको छ।
अधिकारीहरूका अनुसार सिनेटर डेला रोजा सुरक्षित छन् र उनलाई सुरक्षाकर्मीहरूले आफूसँग राखेका छन्। उनी पहिला प्रहरी प्रमुख थिए।
उनले सिनेटसँग आफ्नो सुरक्षाको माग गरेका छन् भने स्थानीय अधिकारीहरूलाई आईसीसीको पक्राउपुर्जीअनुसार कारबाही नगर्न आदेश दिन सर्वोच्च अदालतसँग अनुरोध गरेका छन्।
तात्कालिक राष्ट्रपति रोड्रिगो डुटेर्टेले सञ्चालन गरेको लागुपदार्थ नियन्त्रण गर्ने अभियानका क्रममा मानवताविरुद्धका अपराधहरू गरेको अभियोग डेला रोजामाथि छ।
आईसीसीले उनी दर्जनौँ मानिसहरूको हत्यामा संलग्न भएको आरोप लगाएको छ। तर डेला रोजाले त्यसलाई अस्वीकार गर्दै आएका छन्।
फिलिपिन्समा पक्राउ परेका पूर्वराष्ट्रपति डुटेर्टेलाई मार्च २०२५ मा द हेग लगिएको थियो। उनी त्यहीँ छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।