तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दुर्व्यवहार खेपेकी महिला जबरजस्ती बनाइएका २५० ट्याटू हटाउँदै
नेदरल्यान्ड्सकी योकेले वर्षौँ दुर्व्यवहार भोग्नुपर्यो।
उनलाई उनका पूर्वपार्ट्नरले घरैमा शरीरभरि ट्याटू खोप्न बाध्य बनाएका थिए।
उनको अनुहारमा मात्र तिनका पार्ट्नरको नाम एक दर्जनभन्दा बढी स्थानमा खोपिएको थियो।
उनको निधार, नाक, गाला र आँखाका परेलामा समेत ट्याटू खोपिएका थिए। यी ५३ वर्षे महिलालाई 'स्पेट भन ट्याटू' नामक संस्थाले सहयोग गरेको छ।
यो संस्थाले समस्याबाट बाहिर निस्कन सफलहरूलाई नेदरल्यान्ड्समा निःशुल्क लेजर उपचार उपलब्ध गराउँछ।
गएका साढे दुई वर्षमा योकेको अनुहारबाट ट्याटू हटाउन १२ 'सेशन' उपचारमा बसिसकिन्।
उक्त संस्था चलाउने एन्डी ह्यानले उनले सहयोग गरेका महिलाहरूले त्यस्ता ट्याटू "प्रेमको प्रमाणको रूपमा वा कसैको बनिदिएको प्रमाणको रूपमा" खोपाउन बाध्य भएको बताउने गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।