ट्रम्पले जीजसजस्तो देखिने आफ्नो तस्बिर सामाजिक सञ्जालबाट किन मेटे

ट्रम्पले जीजसजस्तो देखिने आफ्नो तस्बिर सामाजिक सञ्जालबाट किन मेटे

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले 'ट्रूथ सोशल'मा जीजस क्राइस्टको स्वरूपको जस्तै देखिने आफ्नो तस्बिर पोस्ट गरेपछि उनको चर्को आलोचना भयो।

एआईबाट सिर्जित उक्त तस्बिरमा ट्रम्पले अस्पतालको शय्यामा सुतेका एक बिरामी मानिसलाई उपचार गर्दै गरेको देखिन्थ्यो।

ट्रम्पले पोप लिओ चौधौँको चर्को आलोचना गरेर लामो पोस्ट लेखेको केही घण्टापछि 'ट्रूथ सोशल' मा जीजसजस्तो देखिने गरी आफ्नो तस्बिर पोस्ट गरेका थिए। पछि उनले तस्बिरमा आफू चिकित्सकजस्तो देखिन खोजेको दाबी गरे।

बीबीसीकी सेरा स्मिथले यो भिडिओमा ट्रम्पको पोपसँगको विवाद के हो र यो प्रकरणमा उनका समर्थकहरूको धारणा के छ भनेर बताएकी छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।