कोसोभोमा कार्यवाहक प्रधानमन्त्रीमाथि अण्डा प्रहार
कोसोभोमा कार्यवाहक प्रधानमन्त्रीमाथि अण्डा प्रहार
Published
कोसोभोमा विपक्षी सांसद टिमे काड्रिएले त्यहाँका कार्यवाहक प्रधानमन्त्री एल्बिन कुर्टीमाथि कम्तीमा चारवटा अण्डा प्रहार गरेकी छन्।
शनिवार संसद्को बैठकका क्रममा त्यस्तो घटना घटेको थियो।
कुर्टीले नयाँ सभामुखको चयन गर्न मतदान हुनुअघि अन्य दलसँग छलफल गर्न थप समयको माग गरेका थिए।
युरोपको कान्छो प्रजातन्त्र भनिने कोसोभोमा राजनीतिक गतिरोध चर्केको छ र त्यहाँ दुई वर्षभन्दा कम समयमा तीनवटा निर्वाचन भइसकेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



