तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बाढीले 'बगाएर लडाइदिएको' घरमा जीवितै फेला परिन् चण्डिका श्रेष्ठ
शनिवार नुवाकोटको बेत्रावती बजारस्थित एउटा घरमा एक महिला जीवितै फेला परेकी र उनलाई उद्धार गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।
उनी ६३ वर्षीया चण्डिका श्रेष्ठ हुन्। उनीसँगै घरमा भएका उनका पति अझै सम्पर्कविहीन रहेको उनीहरूका छोरा आशिषले बीबीसी न्यूज नेपालीलाई बताए।
चण्डिका श्रेष्ठलाई उपचारका हेलिकप्टरबाट काठमाण्डू ल्याइसकिएको सुरक्षा निकायहरूले बताएका छन्।
"बेत्रावतीमा झोलुङ्गे पुलनजिकै हाम्रो घर थियो। बाढीले त्यसलाई बगाएर लडाइदिएको थियो," आशिषले भने।
बाढी आएपछि आफू पटकपटक घर भएको ठाउँमा गएर खोजतलासमा लागेको आशिष श्रेष्ठले बताए। "तर दलदलका कारण पुग्न सकिएको थिएन," उनले भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।