आर्सनललाई २२ वर्षपछि प्रेमिअर लीगको उपाधि, समर्थकहरू दङ्ग

भिडिओ क्याप्शन सुरु हुँदैछ,
आर्सनललाई २२ वर्षपछि प्रेमिअर लीगको उपाधि, समर्थकहरू दङ्ग
Published

आर्सनल फुटबल क्लबले २२ वर्षपछि प्रेमिअर लीगको उपाधि जितेपछि समर्थकहरूले हर्षोल्लास गरेका छन्।

मङ्गलवार राति म्यान्चेस्टर सिटी र बर्न्मथबीच भएको खेल १-१ गोलको बराबरीमा टुङ्गिएपछि आर्सनल लीगको शीर्ष स्थानमा रहने सुनिश्चित भएको थियो।

उक्त खेलको परिणामपछि म्यान्चेस्टर सिटीको भन्दा आर्सनलको चार अङ्क बढी छ।

ती दुईबीच यो लीगको अन्तिम खेल आगामी आइतवार हुने छ। तर त्यसमा जे परिणाम आए पनि उपाधि आर्सनलकै हातमा रहने छ।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।