समात्न लागिएको राजगोमनले अर्को सर्प 'ओकल्यो'

समात्न लागिएको राजगोमनले अर्को सर्प 'ओकल्यो'
Published

भारतको आन्ध्र प्रदेशमा समात्न लागिएको एउटा राजगोमनले अर्को सर्प 'ओकलेको' छ।

राजगोमनले रातिपख एउटा घरमा छिरेर धामनको सिकार गरेको थियो। राजगोमन समात्न लाग्दा

त्यसले आफ्नो सिकार ओकल्न थाल्यो।

तनावमा पर्दा छिट्टै उम्किनका लागि ठूलो सिकार ओकल्नु सर्पको प्रतिरक्षात्मक गुण हो।

अन्ततः राजगोमन समातियो, अनि त्यसलाई नजिकैको वनमा लगेर छाडियो।

घना जङ्गलनजिकको यो गाउँमा विषालु सर्प देखिने क्रम बढ्न थालेको स्थानीयवासीहरू बताउँछन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।