अमेरिकासँग २२० क्रूज क्षेप्यास्त्र किन्दै अस्ट्रेलिया, चीनको प्रभाव कम गर्न कति आवश्यक?

जहाजबाट प्रहार गर्न मिल्ने क्षेप्यास्त्र

तस्बिर स्रोत, U.S. NAVY

    • Author, टम हाउसडेन
    • Role, बीबीसी न्यूज, सिड्नी
  • Published

अमेरिकी विदेश मन्त्रालयले अस्ट्रेलियालाई ८९ करोड ५० लाख अमेरिकी डलर बराबरको करिब २२० क्रूज क्षेप्यास्त्र बिक्री अनुमोदन गरेको छ।

कांग्रेसबाट पारित हुनुपर्ने बिक्रीसम्बन्धी उक्त प्रस्ताव अन्तर्गत लामो दूरीसम्म मार हान्न सक्ने टमाहक क्षेप्यास्त्र र प्राविधिक सहयोग समेत समावेश गरिएको छ।

क्रूज प्रकृतिका क्षेप्यास्त्रहरू हावामा उडानमा रहेका बेला तलमाथि जाने वा मार्ग परिवर्तन गर्न सक्ने क्षमताका हुन्छन्। यो गुणले गर्दा क्रूज क्षेप्यास्त्रहरूले तिनका निसानामा विभिन्न अनपेक्षित कोणबाट आक्रमण गर्न सक्छन्।

जहाजबाट समेत प्रहार गर्न सकिने यी क्षेप्यास्त्रहरू इन्डो-प्यासिफिक क्षेत्रमा चीनको प्रभाव कम गर्न भनेर घोषणा गरिएको ओकस रक्षा सम्झौता अन्तर्गत अस्ट्रेलियाले अमेरिकाबाट प्राप्त गर्ने भर्जिनिया श्रेणीको पनडुब्बीले प्रयोग गर्नेछन्।

अस्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेसले ती क्षेप्यास्त्रले "वास्तवमै महत्त्वपूर्ण क्षमता" प्रदान गर्ने बताएका छन्।

यस सम्झौताले देशलाई "यथास्थितिबाट केही फरक अवस्थामा पुग्न मद्दत गर्ने र यसरी नै अस्ट्रेलियालाई सुरक्षित आफूहरू राख्न सक्षम भएको" मन्त्रीले अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) लाई बताए।

तीन देशका प्रमुखहरू

तस्बिर स्रोत, Getty Images

एबीसीका अनुसार पहिलो ओकस सम्झौता अनुसार पठाउने भनिएको पनडुब्बीहरूभन्दा अघि क्षेप्यास्त्रहरू प्रारम्भिक रूपमा अस्ट्रेलियाको अस्ट्रेलियाली नौसेनाको होबार्ट श्रेणीको विनाशकहरूमा तैनाथ गर्न सकिन्छ।

होबार्ट श्रेणीले भूमि सेना र तटीय क्षेत्रस्थित पूर्वाधारको सुरक्षाबाहेक जहाजहरूका लागि वायु रक्षा प्रणालीको रूपमा काम गर्छ। यसले क्षेप्यास्त्र र विमानहरू विरुद्ध आत्मरक्षा समेत गर्छ।

अस्ट्रेलियालाई कस्ता फाइदा?

क्षेप्यास्त्र बिक्रीले "अस्ट्रेलियाको अमेरिकी समुद्री सेना र अन्य सहयोगी बलसँग सहकार्य गर्ने क्षमता र दुवै पक्षको हितका लागि राखिने लक्ष्यहरूमा योगदान पुर्‍याउने क्षमतामा सुधार गर्ने" पेन्टागनको भनाइ छ।

सोमवार क्यालिफोर्नियाको सान डिएगोमा भएको ओकस सम्झौताले ब्रिटेन, अमेरिका र अस्ट्रेलियालाई यी देशहरूमा चिनियाँ सैन्य विस्तारको सामना गर्ने दीर्घकालीन रक्षा गठबन्धनमा बाँध्छ।

ओकस सुरक्षा गठबन्धन सन् २०२१ को सेप्टेम्बर घोषणा गरिएको थियो। उक्त सम्झौतालाई "हतियारको नयाँ दौड र पारमाणविक प्रसारको जोखिम" भन्दै चीनले बारम्बार निन्दा गरेको छ।

यस सम्झौताबारे अस्ट्रेलियाकै केही वरिष्ठ राजनीतिक व्यक्तित्वहरूले पनि चिन्ता प्रकट गरेका छन्।

पूर्वप्रधानमन्त्री पल किटिङले ओकसलाई पहिलो विश्वयुद्धपछिको अस्ट्रेलियाली लेबर पार्टी नेतृत्वको सरकारको लिएको "सबैभन्दा खराब अन्तर्राष्ट्रिय निर्णय" भन्दै विरोध जनाए। यस निर्णयले देशलाई "जोखिमपूर्ण बाटो"तर्फ धकेल्ने उनको ठहर छ।

अर्का पूर्व नेता, माल्कम टर्नबलले पनि यूके आफ्नो देशको अर्थतन्त्रमा देखिएको "हालका आधारभूत समस्याहरू" बाबजुद यस सम्झौताको दीर्घकालीन साझेदार हो या होइन भन्ने विषयमा प्रश्न उठाएका छन्।

क्यानबेराको डिफेन्स क्लबमा दिएको एक मन्तव्यमा टर्नबुलले भने, "आगामी वर्षहरूमा ब्रिटेनले नौसेना र सेनामा गरिरहेको लगानीलाई निरन्तरता दिन सक्छ कि छैन भन्नेबारे तपाईँले आफैलाई सोध्नु पर्छ।"

redline
redline

अन्य सम्झौता

proliferation". चीनले पनि उक्त हतियार खरिद सम्झौताको भर्त्सना गर्दै "त्यसले हतियारको नयाँ होडबाजी र आणविक हतियारलाई बढावा मिल्ने" प्रतिक्रिया दिएको छ।

ओकस सम्झौतामा अमेरिका, ब्रिटेन र अस्ट्रेलियाले इन्डो-प्यासिफिक क्षेत्रमा चीनको प्रभावलाई रोक्नका लागि परमाणु ऊर्जाबाट चल्ने पनडुब्बीको नयाँ फ्लीट बनाउने योजनाको विवरण पनि सार्वजनिक गरेका थिए। जसको चीन र रुसले निन्दा गरेका छन् र रुसले परमाणु ऊर्जाबाट चल्ने पनडुब्बीसम्बन्धी सम्झौताले एसियामा वर्षौँका लागि मुठभेड निम्त्याउने चेतावनी दिएको थियो।

अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त सम्झौता त्यस क्षेत्रको शान्तिलाई सुदृढ पार्ने उद्देश्यले गरिएको बताए र पनडुब्बीहरू "परमाणु ऊर्जाले चल्ने तर त्यहाँ परमाणु अस्त्र नहुने"मा जोड दिए।

उनले यो सम्झौताले परमाणुमुक्त देश बन्ने अस्ट्रेलियाको प्रतिबद्धतालाई खतरामा नपार्ने बताएका थिए।

अस्ट्रेलियाका लागि यो अमेरिकी साझेदारका रूपमा सैन्य क्षमतामा ठूलो स्तरोन्नति हो।

उक्त देश वाशिङ्टनको उच्च परमाणु प्रोपल्सन प्रविधि प्राप्त गर्ने ब्रिटेनपछि दोस्रो हो।