एन्टार्क्टिका नेपाली: आरोही टासिलाक्पा शेर्पा भन्छन्, 'पृथ्वीको अर्को ध्रुव पुगेर कीर्तिमान बनाउन चाहन्छौँ'

Published

एन्टार्क्टिका महादेशमा रहेको भौगोलिक दक्षिणी ध्रुव साउथ पोलमा पहिलो पटक पुगेर नेपाली आरोहीहरूले कीर्तिमान बनाएका छन्।

तर पथप्रदर्शक बिना आफैले बाटो पहिल्याएर गएकाले आफूहरू झण्डै नहराएको आरोहण दलका एकजना सदस्य टासिलाक्पा शेर्पाले बताए।

प्रस्थान बिन्दुबाट १११ किमी दूरीमा रहेको साउथ पोल पुग्न उनीहरूले सात दिनमा झण्डै १४० किलोमिटर यात्रा तय गरेका थिए।

एकै परिवारका तीनजना दाजुभाइ टासिलाक्पा, मिङ्मा र छाङ्दावाका साथै निर्मल पुर्जा र कर्मा तेन्जिङले कीर्तिमान बनाएका हुन्।

उनीहरूले एन्टार्क्टिकाको सबैभन्दा अग्लो हिमाल माउन्ट विनसन पनि चढे।

उनीहरूको यात्रा अनुभव र आगामी लक्ष्य समेटेर कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि: