इजरेल-गाजा द्वन्द्वः 'यो पत्रकारलाई चुप लगाउने प्रयास हो'

भिडिओ क्याप्शन सुरु हुँदैछ, इजरेलले एपी र अल जजिराको कार्यालय बसेको भवन ध्वस्त पारिदिएपछि
Published

इजरेलले हवाई आक्रमण गरेर गाजामा एपी र अल जजिराका कार्यालयहरू भएको एउटा भवन ध्वस्त पारिदिएपछि प्रेस स्वतन्त्रताको क्षेत्रमा काम गर्ने संस्थाहरूले त्यसको निन्दा गरेका छन्।

अहिले गाजाको सीमा बन्द छ र बाहिरबाट अन्य पत्रकारलाई त्यहाँ समाचार सङ्कलन र सम्प्रेषण गर्न जान दिइएको छैन।

हमासको सैन्य गुप्तचर निकाय उक्त भवनमा बसेको हुनाले उक्त कारबाही गरिएको इजरेलको दाबी छ।

तर एपीका कार्यकारी सम्पादकले त्यो दाबी पुष्टि गर्ने कुनै प्रमाण नभएको भन्दै इजरेलले गरेको आक्रमणबारे छानबिन हुनुपर्ने बताएका छन्।

अनि यो पनि