नेपालमा गरिएको रकेट परीक्षण किन सफल भएन?

भिडिओ क्याप्शन सुरु हुँदैछ, नेपालमा यसरी भयो रकेट परीक्षण
Published

नेपालका इन्जिनियरिङ विद्यार्थीहरूले धनुषाको भिमानमा शनिवार 'आरम्भ' र 'गरुड' नाम दिइएका दुईवटा रकेटको परीक्षण गरेका छन्।

नेपाली सेनासँगको सहकार्यमा गरिएको रकेट परीक्षण नेपालमै पहिलो पटक भएको उनीहरूले बताएका छन्।

तर ती रकेट परीक्षण पूर्ण रूपमा सफल भने हुन नसकेको र आगामी महिना पुनः परीक्षण गरिने उनीहरूले बताएका छन्।

'गरुड' रकेट अमेरिकामा हुने विश्वविद्यालयस्तरीय प्रतिस्पर्धामा सहभागी हुन तयार गरिएको हो।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।