पशुपतिमा सुनको जलहरी विवाद: कानुनी उपचार खोज्ने संस्कृतिविद्को चेतावनी
Published
पशुपतिनाथ मन्दिरको मुख्य शिवलिङ्गमा रहेको जलहरी जिर्णोद्धार गर्ने कार्य कानुनी र धार्मिक विधि अनुसार नरहेको संस्कृतिविद्ले बताएका छन्।
संस्कृतिविद् नरोत्तम वैद्यका अनुसार सुनको जलहरी प्रतिस्थापन प्राचीन स्मारक संरक्षण ऐन २०१३ विपरीत हुने बताउँछन्।
तर पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले सम्बन्धित सबै पक्षसँगको परामर्शपछि जलहरी निर्माण गर्न लागिएको बताए।
सुनको जलहरी निर्माण र जलप लगाउन झन्डै एक अर्ब रुपैयाँ लाग्ने अनुमान छ। सरकारले रु ३० करोड दिने घोषणा गरेको छ।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि।