विपद्बाट प्रभावित स्थानमा सामूहिक खेतीको महत्त्व किन
ठूलो प्राकृतिक प्रकोप निम्तिएपछि तत्कालका लागि खाद्य असुरक्षा टार्न सामूहिक खेती प्रभावकारी उपायमध्ये एक मानिन्छ।
विज्ञहरूले गत भदौ महिनाको विनाशकारी बाढीबाट प्रभावित स्थानमा विपद् व्यवस्थापन, खाद्य सुरक्षा र ग्रामीण अर्थतन्त्रलाई पुनरुत्थान गर्नका लागि प्रभावकारी र भरपर्दो माध्यम सामूहिक खेती हुन सक्ने औँल्याएका छन्।
उनीहरूका अनुसार बाढीका कारण कृषि प्रणालीमै असर परेको सन्दर्भमा सुरुमा एक्लाएक्लै खेती गर्नुभन्दा समुदायमा मिलेर सामूहिक रूपमा खेती गर्दा जोखिम कम हुन्छ र उत्पादन पनि बढाउन सकिन्छ।
यस विषयमा 'बीबीसी हातेमालो'का लागि प्रतीक्षा खनालले बागमती प्रदेशको कृषि विकास निर्देशनालयका निर्देशक नारायणकुमार श्रेष्ठसँग कुराकानी गरेकी छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।