बाढीबाट प्रभावित स्थानमा अब रैथाने बीउबिजन कसरी पाइएला, किसानले कस्तो सहयोग पाउलान्

भिडिओ क्याप्शन सुरु हुँदैछ,
बाढीबाट प्रभावित स्थानमा अब रैथाने बीउबिजन कसरी पाइएला, किसानले कस्तो सहयोग पाउलान्
Published

गत भदौ महिनामा भोटेकोशी र तल त्रिशूली नदीमा आएको बाढीले धेरै खेतीयोग्य जमिन बगाउँदा कृषि उत्पादनमा नराम्रो असर पुगेको छ।

प्रभावित स्थानमा रैथाने बीउबिजन बग्दा वा हिलोमा पुरिँदा अर्को सङ्कट आइपर्न सक्ने आशङ्का उत्पन्न भएको छ।

त्यस्ता रैथाने बीउबिजन अब कसरी उपलब्ध होलान्? रैथाने बीउबिजनको कसरी संरक्षण गरिँदै आएको छ? अनि स्थानीय किसानले खेतीपाती गर्न गर्न कस्तो सहयोग पाउन सक्छन्?

यस विषयमा 'बीबीसी हातेमालो'का लागि मनिका विश्वकर्माले नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक श्रीमत श्रेष्ठसँग कुराकानी गरेकी छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।