बाढीपीडितले स्थानीय निकायबाट कस्तो सुविधा पाउँदै छन्

भिडिओ क्याप्शन सुरु हुँदैछ,
बाढीपीडितले स्थानीय निकायबाट कस्तो सुविधा पाउँदै छन्
Published

गत भदौ महिनामा भोटेकोशी र तल त्रिशूली नदीमा आएको बाढीले रसुवासहितका जिल्लाहरूमा ठूलो क्षति पुर्‍यायो।

प्रभावित क्षेत्रका मानिसहरूलाई सङ्घीय र प्रदेश सरकारबाहेक स्थानीय तहहरूले पनि राहत तथा सुविधा उपलब्ध गराउँदै आएका छन्।

जनतासँग सबैभन्दा नजिक रहने भएकाले स्थानीय निकायले प्रदान गर्ने सहयोग झन् प्रभावकारी हुन सक्ने ठानिन्छ।

बाढीका कारण सबैभन्दा धेरै प्रभावितमध्ये पर्ने रसुवाको उत्तरगया गाउँपालिकाले बाढीपीडितहरूलाई कस्तो सेवा र सुविधा दिँदै आएको छ त?

'बीबीसी हातेमालो'का लागि मनिका विश्वकर्माले सो गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालसँग गरेको कुराकानी।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।