भदौको बाढीबाट प्रभावित क्षेत्रमा अहिले विद्युत् आपूर्तिको अवस्था कस्तो छ
गत भदौ महिनामा भोटेकोशी र त्रिशूली नदीमा अकस्मात् आएको बाढीले ऊर्जा क्षेत्रमा ठूलो क्षति पुर्याएको प्रारम्भिक अनुमान छ। बाढीका कारण विभिन्न जलविद्युत् आयोजना तथा पूर्वाधार नराम्ररी प्रभावित भएका छन्।
ती दुई नदीका किनारमा रहेका स्थानहरूमा विद्युत् आपूर्तिमा समस्या उत्पन्न भएको देखिन्छ। अधिकांश स्थानमा विद्युत् आपूर्ति गर्ने व्यवस्था मिलाइएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ। तर स्थानीय बासिन्दाहरूले चाहिँ बेलाबेलामा बिजुली जाने र आपूर्ति भएका बेला पनि कहिलेकाहीँ भोल्टेज कम हुने समस्या देखिएको गुनासो गरेका छन्।
यसै सन्दर्भमा 'बीबीसी हातेमालो'का प्रतीक्षा खनालले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यलाई प्रभावित क्षेत्रमा विद्युत् आपूर्तिको अवस्था कस्तो छ भनेर सोधेकी छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।