बाढीबाट प्रभावित स्थानमा सरुवा रोग फैलिन नदिन केके गरिँदै छ

भिडिओ क्याप्शन सुरु हुँदैछ,
बाढीबाट प्रभावित स्थानमा सरुवा रोग फैलिन नदिन केके गरिँदै छ
Published

भदौमा आएको विनाशकारी बाढीका कारण प्रभावित क्षेत्रमा नियमित स्वास्थ्य चेकजाँचका साथै खोपका कार्यक्रम पनि खलबलिए।

बाढीबाट विस्थापित मानिसहरूलाई अस्थायी शिविरमा राखिएकाले सरुवा रोगका जोखिम समेत बढ्न सक्ने विज्ञहरूले औँल्याएका छन्।

यद्यपि सरकारले प्रभावित क्षेत्रमा खोपका कुनै कार्यक्रम नरोकिएको जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रभावित क्षेत्रमा सरुवा रोग फैलिन नदिन पनि सावधानी अपनाइएको छ।

स्वास्थ्य मन्त्रालय र अन्तर्गतका निकायहरूले अपनाएको सावधानीबारे बुझ्न हामीले स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमसँग कुराकानी गरेका छौँ।

बीबीसी हातेमालोका लागि प्रतीक्षा खनालले लिएको अन्तर्वार्ता सुन्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।