इरान युद्धका कारण जापानी आलुचिप्सका प्याकेट अब 'ब्ल्याक एन्ड ह्वाइट'
जापानमा प्याकेटबन्द खाजा उत्पादन गर्ने 'क्याल्बी'ले अबदेखि 'ब्ल्याक एन्ड ह्वाइट' खोलमा राखेर आलुचिप्स बेच्ने जनाएको छ।
सो कम्पनीका अनुसार इरान युद्धका कारण मसी महँगिएकाले आफ्ना १४ वटा उत्पादनको कलेबर फेर्नुपरेको हो। मे २५ देखि 'सेतो र कालो' खोल भएका प्याकेटहरू बजारमा उपलब्ध हुने छन्।
केही विश्लेषकहरू भने सो कम्पनीले आफ्ना सामान त्यसरी बेच्ने नयाँ जुक्ति निकालेको हुन सक्ने ठान्छन्।
इरान युद्ध सुरु भएपछि होर्मुज जलमार्ग बन्द हुँदा विश्वभरि निर्यात हुने तेल र ग्यास ठूलो परिमाणमा रोकिएको छ। त्यसको दुष्प्रभाव विश्वभरि दैनिक उपभोग्य वस्तुहरू कुनै न कुनै रूपमा पर्न थालेको छ।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



