BBC News, नेपाली - होमपेज
मुख्य समाचार
गणेश नेपाली आत्मदाहपछि काठमाण्डूमा नगरप्रहरी फील्डमा खटिन छाडेको हो?
सरकारले छानबिन गर्ने भनेकाले त्यतिन्जेल आफूहरू आन्तरिक सरसल्लाहमा रहेको काठमाण्डू महागरपालिकाका प्रवक्ताले बताएका छन्।
ब्याङ्ककमा भएको आगलागीमा कम्तीमा २७ जनाको मृत्यु, कैयौँ मानिस अझै सम्पर्कविहीन
थाईल्यान्डको राजधानीमा एउटा बारमा भएको आगलागीमा परी धेरैको ज्यान गएपछि अनुसन्धान थालिएको छ।
भिडिओ, एर्लिङ होलानजस्तै देखिएकाले भाइरल भएकी रुसी मोडल, समयावधि 0,36
उनले होलानको हाउभाउको नक्कल गरेर बनाएको एउटा भिडिओ करोडौँ पटक हेरिएको छ।
तीन दिनको अवधिमा तीन जनाद्वारा आत्मदाहको प्रयास, यसले के सङ्केत गर्छ
नेपालमा गत बिहीवारदेखि शनिवारसम्म तीन दिनको अवधिमा तीन जनाले आत्मदाहको प्रयास गरे। यसले के सङ्केत गर्छ?
नेपालमा बर्सेनि अभाव हुने रासायनिक मल यसपालि कति उपलब्ध छ?
मनसुनी धान रोपाइँका बेला नेपालमा करिब ४५ प्रतिशत रासायनिक मल खपत हुने गरेको सरकारी आकलन पाइन्छ। तर यही बेला फेरि नेपालमा रासायनिक मलको अभावको विवरण आउन थालेको छ।
भिडिओ, नेपालमा धेरै महिलाहरूका स्वास्थ्य समस्या केकस्ता छन्, सुरक्षाको उपाय के?, समयावधि 4,22
स्त्रीरोग विशेषज्ञ सरस्वती पाध्याका अनुसार महिलाहरूमा मोटोपनसँग जोडिएका धेरै समस्याहरू बढिरहेका छन्।
तेहरानले 'बन्द' भनेको होर्मुज जलमार्गबाट जहाजहरू पार भइरहेको अमेरिकी दाबी
इरानको इस्लामिक रेभलुशनरी गार्ड कोर (आईआरजीसी) ले अर्को सूचना जारी नभएसम्मका लागि होर्मुज जलमार्ग बन्द गरिएको बताए पनि जहाजहरू पार भइरहेको अमेरिकी पक्षले दाबी गरेको छ।
विश्वकप २०२६
'भीएआर' के हो र विश्वकपमा किन यति विवादित छ
रेफरीहरूलाई उचित निर्णय लिन सघाउने 'भिडिओ असिस्टन्ट रेफरी' (भीएआर) प्रविधि विश्वकप २०२६ मा निकै चर्चामा छ।
अस्वाभाविक कि अनुमानयोग्य? विश्वकपमा युरोप कसरी हाबी भइरहेको छ
सन् १९९४ यता युरोपबाहिर आयोजित विश्वकपमा यति ठूलो सङ्ख्यामा युरोपेली टोलीहरू पहिलो पटक विश्वकप २०२६ मा क्वार्टरफाइनलमा पुगेका छन्।
भिडिओ, फुटबल खेल्न एउटा टोलीबाट किन ११ खेलाडी मैदानमा जान्छन्, समयावधि 1,11
डेढ सय वर्षभन्दा बढी समय बितिसक्दा पनि एउटा टोलीबाट ११ खेलाडीले मात्र मैदानमा ओर्लिन पाउने नियमले निरन्तरता पाएको छ। तर ११ खेलाडी नै किन? हेर्नुहोस् यो भिडिओ।
सधैँ एउटै क्लबबाट खेलेका स्पेनका ओझेलमा परेका नायक
मिकेल ओयार्थबाल स्पेनी विश्वकप टोलीका सबैभन्दा चर्चित खेलाडी नहुन सक्छन् तर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी भने बनेका छन्।
सबैभन्दा धेरै जनसङ्ख्या भएका १० मध्ये ८ देश विश्वकपमा नहुनुको कारण र अर्थ
धेरै देशहरूमा जनसङ्ख्या ठूलो भएर पनि उनीहरूले फुटबलमा भाग लिनसकिरहेका छैनन्। उनीहरू आफ्नो खेलको भाग्य बदल्न के गर्न सक्छन्?
अनि यो पनि
नेपालमा 'डिजिटल नोम्याड' भिसा जोखिम कि अवसर
सरकारले डिजिटल नोम्याड भिसा मार्फत् विदेशी नागरिकहरूलाई नेपालमा बसेर काम गर्ने वातावरण बनाउने नीति अघि सारिरहेको छ। तर यसले अवसर ल्याउँछ कि जोखिम?
किन कसैकसैलाई लामखुट्टेले बढी नै टोक्छ?
लामखुट्टेको टोक्ने छनौटमा तपाईँ पर्नुहुन्छ कि हुँदैन भन्ने कुरा केही जैविक कारणहरूले निर्धारण गर्छ। ती कारण के-के हुन्?
सांसद र सभामुखबीचको भनाभनले उठायो 'मर्यादाको प्रश्न', सम्बन्धित सांसद के भन्छन्
विगतमा मन्त्रिपरिषद्मा सँगै काम गरिसकेका एमाले सांसद राजेन्द्र राई र सभामुख डीपी अर्यालबीच वर्तमान संसद्मा भने बारम्बार भनाभन किन भइरहेको छ?
'कन्सल्टेन्सी'सम्बन्धी सरकारको नयाँ नियमले व्यवसायीहरूमा निम्त्याएको 'सङ्कटको डर'
आफूले परामर्श दिएका विदेशमा अध्ययनरत विद्यार्थीको गुनासो सुनुवाइ गर्न संयन्त्र राख्नुपर्ने र प्रत्येक तीन महिनामा आफूमार्फत अध्ययनका लागि बाहिरिएका विद्यार्थी र आफ्नो आम्दानीको विवरण सरकारलाई बुझाउनुपर्ने नियम ल्याइएपछि शैक्षिक परामर्श उपलब्ध गराउने संस्थाहरू असन्तुष्ट बनेका छन्।
'बी वान', 'बी टू' भिसाका लागि धरौटी बुझाउनुपर्ने देशको सूचीबाट हटाउन अमेरिकालाई नेपालको आग्रह
भेनेजुएला र क्यूबासहित दक्षिण एशियाका बाङ्ग्लादेश र भुटान जस्ता अमेरिकी प्रवेशाज्ञाका निम्ति धरौटी बुझाउनुपर्ने देशहरूको सूचीमा नेपाल पर्नुको कारण ‘ओभरस्टे’ र नक्कली कागजपत्र पेश गर्ने प्रवृत्ति रहेको परराष्ट्रमन्त्री शिशिर खनाल बताउँछन्।
थप समाचार
विज्ञान तथा प्रविधि
दाताको डिम्बले महिलाको 'जैविक घडी' लाई परिवर्तन गर्न नसक्ने एक अध्ययनको निष्कर्ष
विशेषज्ञहरूका अनुसार पाठेघरको भित्री तहमा उमेरसँगै हुने परिवर्तनहरू यसको कारण हुन सक्छन् र भविष्यमा यसको उपचार सम्भव हुन सक्छ।
भूकम्प गएको थाहा पाएपछि के गर्नुपर्छ, के गर्नु हुँदैन
संसारभरि प्रत्येक वर्ष धेरै भूकम्पहरू जान्छन् र तिनका कारण धनजनको ठूलो क्षति हुन्छ। भूकम्प कुनै जानकारी नदिई आउँछ। त्यसबाट हुने क्षति घटाउन के गर्नुपर्छ?
के भारोत्तोलनले साँच्चिकै आयु बढाउँछ?
नियमित भारोत्तोलन ट्रेनिङले अल्पायुमै ज्यान जाने जखिमलाई उल्लेख्य रूपले घटाउने अध्ययनहरूले देखाएको छन्।
भाले छैन: पोथीमात्र हुने माछाले वैज्ञानिकहरूलाई आश्चर्यमा पारेका छन्
क्रमिक विकासको सिद्धान्त अनुसार अलैङ्गिक प्रजातिहरू समाप्त हुन्छन्। तर एउटा माछा प्रजाति आश्चर्यजनकरूपमा १ लाख वर्षदेखि अस्तित्वमा छ।
भिडिओ, त्यो अन्तरिक्षयान जसले सौर्यमण्डलबारे हाम्रो पूरै दृष्टिकोण फेरिदियो, समयावधि 1,43
नासाले 'भोइजर' मिशनका लागि बनाएका दुइटा 'प्रोब'हरू सबैभन्दा टाढा पुगेका मानवनिर्मित वस्तु हुन्।














































